site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विपद्का घटनामा परी ४७१ जनाको मृत्यु, तीन अर्बको आर्थिक क्षति
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा विपद्का घटनामा परी देशभर ४७१ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा रेकर्ड भएका पाँच हजार ५०३ घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बाढी, पहिरो, आगलागी, हिँउ पहिरो, भारी वर्षा, चट्याङ, डुंगा दुर्घटना, जनावरको आक्रमण लगायतका घटनामा उक्त मानविय क्षति भएको हो ।

विपद्का घटनामा परी उक्त अवधिमा ६० जना बेपत्ता भएका थिए भने एक हजार १४६ जना घाइते भएका थिए । विपद्का घटनाबाट पछिल्लो एक वर्षमा १० हजार ३८० परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

Global Ime bank

विपद्का घटनाले उक्त समयमा एक हजार ९६२ घरमा आंशिक क्षति र दुई हजार ३२६ घर पूर्ण क्षति भएको केन्द्रले जनाएको छ ।
यस्तै, विपद्का घटनाले ९४४ गोठमा क्षति गरेको थियो, जसका कारण चार हजार ४१ जनावरको मृत्यु भएको थियो ।

विपद्का घटनाले गत आर्थिक वर्ष दुई करोड ९८ करोड ९४ लाख ६१ हजार १५० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिमा विपद्का घटनामा परी ४८९ जनाको मृत्यु, ४२ जना बेपत्ता र एक हजार ७६९ जना घाइते भएका थिए । विपद्का घटनाले पाँच हजार ९८३ परिवार प्रभावित भएका थिए ।

अघिल्लो आर्थिक वर्षमा विपद्का घटनाले दुई अर्ब ७३ करोड ३० लाख ३१ हजार ५४४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement