देश
काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज बाढीको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भेगका विभिन्न साना नदीहरुमा बाढीको सम्भावना छ ।
आज ओखलढुङ्गा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यानका विभिन्न साना नदीहरुमा बाढीको सम्भावना छ । यी क्षेत्र र आसपासका क्षेत्र भएर बहने केही स–साना नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान महाशाखाको छ ।
आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १०:०९
प्रतिक्रिया दिनुहोस्