site stats
बाह्रखरी :: Baahrakhari
देश
ककनी गाउँपालिकाले फोहोर ढुवानी गर्ने गाडीबाट शुल्क नलिने

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारी साधानबाट कुनै प्रकारको शुल्क नलिने भएको छ । 

सर्वोच्च अदालतको आदेशपछि गाउँपालिकाले मुद्दाको अन्तिम किनारा नभएसम्म फोहोरमैला ढुवानी गर्ने सवारी साधानबाट शुल्क नलिने जनाएको हो । 

साथै फोहोरमैला व्यवस्थापनमा देखिएका सबै समस्या समाधान गर्न सबै पक्षसँग पहल र समन्वय गर्न प्रतिबद्ध रहेको गाउँपालिकाले जनाएको छ । 

CamScanner 07-18-2023 18.26_11689698634.jpg

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २२:२५
प्रतिक्रिया दिनुहोस्