site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अख्तियारले एक वर्षमा गर्‍यो १८ हजार २४५ उजुरी फर्छ्योट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा १८ हजार २४५ वटा उजुरी फर्छ्योट गरेको छ । अख्तियारले गत आर्थिक वर्ष २०७९/८० मा उक्त उजुरीहरु फर्छ्योट गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ बाट जिम्मेवारी सरेर आएका सात हजार १६२ समेत गरी कुल २७ हजार ५३० उजुरीहरु परेका थिए । परेका कुल उजुरीमध्ये ६६.२७ प्रतिशत फर्छ्योट गरिएको अख्तियारले जनाएको छ ।

Dabur Nepal
NIC Asia

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा अख्तियारमा कुल २४ हजार ३३१ वटा उजुरी परेका थिए । ती उजुरीमध्ये १७ हजार १६९ उजुरी फर्छ्योट गरिएको थियो ।

अघिल्लो आर्थिक वर्ष परेकामध्ये ७०.५६ प्रतिशत उजुरी फर्छ्योट भएका थिए । गत आर्थिक वर्ष एक हजार ७३ वटा उजुरीलाई विस्तृत अनुसन्धानको लागि पठाइएको अख्तियारले जनाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो उजुरीको संख्या ८२३ रहेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro