site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोनाल्डो भन्छन्– एमएलएसभन्दा साउदी प्रो लिग धेरै राम्रो

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफू कहिल्यै अमेरिकी मेजर लिग सकर (एमएलएस)मा नजाने बताएका छन् ।

सोमबार पोर्चुगलमा साउदी अरेबियन क्लब अल नासर र सेल्टा भिगोबीचको खेलपछि रोनाल्डोलाई हालै मात्र एमएलएस क्लब इन्टर मियामी भित्रिएका मेसीका बारेमा सोधिएको थियो । जवाफमा रोनाल्डोले आफू मेसीले पछ्याएको बाटोमा कहिल्यै नजाने प्रतिक्रिया दिए । रोनाल्डोले युरोप फर्कने आफ्नो कुनै योजना नरहेको पनि स्पष्ट पारे ।

“साउदी लिग एमएलएसभन्दा राम्रो छ । मैले साउदी लिगको ढोका खोलेको थिए र अहिले धेरै खेलाडी यहाँ आइरहेका छन्,” रोनाल्डोले भने, “म कुनै युरोपियन क्लबमा फर्कन भन्नेमा शतप्रतिशत विश्वस्त छु ।”

गएको डिसेम्बरमा रोनाल्डो साउदी अरेबियन क्लब अल नासर भित्रिएका हुन् । रोनाल्डोसँगको सम्झौताबारे हालसम्म आधिकारिक तथ्य सार्वजनिक नभए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नासरले उनका लागि प्रतिसिजन २०० मिलियन अमेरिकी डलर खर्चिएको छ ।

साउदीमा रोनाल्डोको आगमनपछि पछिल्लो समय अरू केही ठूला नामहरू पनि आउने क्रम जारी छ । साउदी लिगले आउँदो सिजनका लागि करिम बेन्जेमा, मार्सेलो ब्रोजोभिच, ए‘न्गोलो कान्टो र रोबर्टो फिर्मिन्होजस्ता खेलाडीहरू भित्र्याएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro