देश

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि बाढीको जोखिम रहेको छ । डोटी, डडेलधुरा, अछाम, दोलखा, सिन्धुपाल्चोक रुकुम पूर्व, रुकुम पश्चिम तथा आसपास भएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ ।
रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कंचनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० ०८:४६
प्रतिक्रिया दिनुहोस्