site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो हुनेछ काठमाडौंको तीन दिनको मौसम
फाइल तस्बिर

काठमाडौं । काठमाडौंको मौसममा आज दिनभर बदली हुनेछ । हिजोबाट निरन्तर भएको वर्षा बिहानबाट रोकिएको छ । पानी पर्न रोकिए पनि बदली हुनेछ । 
 
“बिहानबाट काठमाडौंका अधिकांश भू–भागमा वर्षा रोकिएको छ । दिउँसो बादल लाग्छ । बदली भए पनि त्यति धेरै वर्षाको सम्भावना छैन,” मौसमविद् बिनु महर्जन भन्छिन्, “साँझबाट भने काठमाडौं उपत्यकामा पुनः वर्षा हुनेछ ।” 

आज राति पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । “काठमाडौं आज राति पनि वर्षाको सम्भावना रहेको छ,” उनले भनिन् । 

बिहानैदेखि वर्षा, दिउँसो भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुन आग्रह

भोलि पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको छ । “बुधबार र बिहीबार पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको छ । यद्यपि, सोमबारको जस्तो ठूलो वर्षा भने हुने छैन,” मौसमविद् महर्जन भन्छिन्, “हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।” 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro