
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा परेको छ ।
आज सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको रिट हेर्दाहेर्दैमा परेर भोलिका लागि सुनुवाइ तोकिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रलायका सचिव राउत पक्राउ परेपछि उनका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिइएको थियो । उनको निवेदनमाथि सुनुवाइ गर्दै बन्दीप्रत्यक्षीकरण आदेश किन नहुने भन्दै सरकारका नामा कारण देखाऊ आदेश जारी गरिएको थियो ।
सरकारको लिखित जवाफसहित उनीसँगै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको निवेदन पनि एकसाथ सुनुवाइ गएको थियो ।