site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ २१ जिल्लामा सञ्चालन

काठमाडौं । प्रहरीले सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ सञ्चालनमा ल्याएको छ ।

सवारी नियम उल्लंघन कसुरहरूको जरिवानावापत राजस्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम सञ्चालन गरिएको हो ।

उक्त सिस्टम कोसी प्रदेश अन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेसको सिरहा, पर्सा र महोत्तरी, वाग्मतीको सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकीको कास्की, तनहुँ र नवलपरासी (पूर्व)मा लागु भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।

लुम्बिनीको रूपन्देही, दाङ र बाँके, कर्णालीको सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिमको कैलाली, कंचनपुर र डोटी जिल्लामा लागु भएको महाशाखाले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro