देश
काठमाडौं । सर्वोच्च अदालतमा आज तीनवटा मात्र इजलास बसेको छ ।
साउन महिनाको पहिलो १५ दिन सर्वोच्चमा अनिवार्य प्रकृतिका मुद्दा मात्र हेर्ने प्रचलन छ । यही कारण सोमबार तीन इजलास मात्र तोकिएको हो । २१
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उत्प्रेषण, परमादेश र बन्दी प्रत्यक्षीकरणसहितका आठ मुद्दा छन् । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा एउटा मात्र बन्दीप्रत्यक्षीकरणको मुद्दा छ ।
यस्तै, न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा ललितनिवास जग्गा प्रकरणसँग जोडिएका पाँच मुद्दा भए पनि एकैपटक हेरिनेछन् ।
सर्वोच्चमा २१ न्यायाधीश हुनुपर्नेमा हाल १६ मा सीमित छन् ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० ११:२७
प्रतिक्रिया दिनुहोस्