site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सात महिनासम्म बनेन चोलेन्द्रशमशेरको पेन्सन पट्टा

काठमाडौं । गत मंसिर २७ गते महाभियोग बोकेरै अवकासमा गएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले अझै पेन्सनपट्टा पाएका छैनन् । सर्वोच्च प्रशासनले संसद्लाई देखाएर उनको पेन्सनपट्टा बनाइदिएको छैन । 
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जवरालाई संसदको आयु सकिएसँगै महाभियोग प्रस्ताव निस्क्रिय भएको पत्र थमाइदिएका थिए । 

त्यही पत्र देखाएर सर्वोच्च फर्कन लागेका जवरा संवैधानिक इजलासको आन्तरिम आदेशबाट महासचिवले दिएको पत्र खारेज भएपछि सर्वोच्चमा प्रवेश पाएनन् । उनी अहिले घरमा बसिरहेका छन् । तर, पेन्सन पट्टा पाउने नपाउने विषयमा उनी अन्योलमा छन् । 

“मैले पेन्सनपट्टा पाउने नपाउने विषय मलाई सोधेर कहाँ हुन्छ, यो कुरा त प्रधानन्यायाधीश वा रजिष्ट्रारलाई सोध्नुपर्छ,” जवराले बाह्रखरीसँग भने, “मैले पट्टा पाएको छैन र पाउने नपाउने जानकारी पनि पाएको छैन ।” 
उनले यसबाहेक आफूसँग केही कुरा नभएको बताए । 

सर्वोच्च स्रोतका अनुसार संसदले प्रक्रिया टुंगिएको नटुंगिएको जानकारी नदिएका कारण उनको पेन्सन पट्टा रोकिएको हो ।  संसदले नै बोलेपछि मात्र पेन्सन पट्टा उनले पाउने वा नपाउने विषय टुंगो लाग्नेछ । 

“संसद्मा उहाँ विरुद्ध महाभियोग छ । महाभियोगमा निर्णय भएको छैन । र, संसदले निर्णय गर्ने वा नगर्ने भनेर जानकारी गराएको पनि छैन,” उच्च स्रोतले भन्यो, “संसद्बाट त्यो कुरा नआउँदासम्म हामीले पट्टा बनाउने सिफारिस गर्ने आधार पाएनौँ ।” 

०७८ साल फागुन १ मा महाभियोग लागेर निलम्बनमा परेका जवरा पदबाट निवृत्त नहुँदासम्म बालुवाटारस्थित प्रधानन्यायाधीश निवासमै बसेका थिए ।  उनी ०७९ साल मंसिर २७ मा उमेरहदका कारण अनिवार्य अवकासमा गएपछि निवास छोडेर निजी निवास सरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro