राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घण्टा १५ मिनेट ढिलो हुँदा पनि सुरु भएको छैन । बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
आजको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक राख्ने दलहरूबीच सहमति भइसकेको छ । त्यसको प्रक्रियाका विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका बैठक सुरु हुन ढिलाइ भएको सांसदहरूले बताएका छन् ।
“मिटरब्याजसम्बन्धी विधेयकका विषयमा एक खालको समझदारी त भइसकेको छ, त्यसको प्रक्रियाका विषयमा छलफल भइरहेको छ । अब केही बेरमा सुरु होला,” नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले भने ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १४:२२
प्रतिक्रिया दिनुहोस्