site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भ्रष्टाचार अभियोगमा सिंगापुरका यातायातमन्त्री पक्राउ
तस्बिर : एएफपी ।
Sarbottam CementSarbottam Cement

सिंगापुर । सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटेल व्यवसायी एक अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।

यातायातमन्त्री एस. ईश्वरनलाई गएको मंगलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सिंगापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गएको मंगलबार नै पक्राउ गरिएको थियो । निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ । ब्युरोले अनुसन्धानको विवरण भने खुलाएको छैन ।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले यातायातमन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

Global Ime bank

विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिंगापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय