site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले भन्यो– साउन १ देखि नेपालमा सशुल्क विदेशी च्यानल चल्दैनन्

काठमाडौं । सरकारले साउन १ गतेदखि नेपालमा प्रसारण हुने सशुल्क विदेशी च्यानल बन्द हुने अवस्था आएको बताएको छ । भारतीय सःशुल्क टीभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘आलाकार्ट’ प्रणाली कार्यान्वयन गर्न अटेर गरेपछि समस्या आएको हो । 

सरकारले आगामी साउन १ गतेबाट आलाकार्ट शुल्क प्रणाली पूर्ण रूपमा लागु हुने जानकारी गराउँदै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलहरूको शुल्क र बुके सूचना तथा प्रसारण विभागलाई उपलब्ध गराउन भनेको थियो । तर, कुनै पनि शुल्क तथा बुके प्राप्त नभएकाले तोकिएको समयमा नयाँ शुल्क प्रणाली लागु गर्न अवरोध देखिएको विभागले जनाएको छ । 

"मन्त्रालयबाट आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय भई पूर्ण रुपमा लागु गर्ने तयारी रहेको अवस्थामा यसका लागि आवश्यक बुके प्राप्त नभएकोले प्रचलित कानुनी व्यवस्थाको कार्यान्वयनका लागि २०८० साउन १ गतेबाट सबै सशुल्क विदेशी च्यानलहरूको प्रसारण बन्द हुने अवस्था सिर्जना भएको छ," विभागले भनेको छ । 

आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली हो । यो प्रणाली छिमेकी देशसहित विश्वका धेरै मुलुकमा प्रचलनमा रहेको विभागले जनाएको छ । 

के भनेको छ विभागले ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ चैत्र १५ गते मा टेलिभिजन कार्यक्रमका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भार न्यायोचित बनाउन हालको शुल्क प्रणालीमा सुधार गरी आलाकार्ट (A' La Carte) शुल्क प्रणाली लागु गर्ने निर्णय गरेको सम्बन्धित सबैलाई जानकारी गराउँदछौं । यस प्रणालीको कार्यान्वयनका लागि च्यानलको शुल्क र बुके (Bouquet) उपलब्ध गराउन नेपालका सबै अपरेटर र विदेशी टेलिभिजन च्यानललाई पत्राचार गरी विदेशी च्यानलको डाउनलिंक अनुमतिप्राप्त संस्थाहरु (वितरक) लाई जानकारी गराउँदै पहिलो पटक २०८० वैशाख १७ गते पत्राचार गरेको थियो । सो पश्चात् २०८० वैशाख ३१ पत्र लेखि पुनः ताकेता गरिएको थियो । यस पछि २०८० असार १७ गते नेपालका सबै विदेशी सिग्नल वितरक र अपरेटरहरुलाई पुनः पत्राचार गर्दै २०८० साउन १ गतेबाट आलाकार्ट शुल्क प्रणाली पूर्ण रुपमा लागु हुने जानकारी गराउँदै २०८० असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलहरुको शुल्क र बुके यस विभागलाई उपलब्ध गराउन भनिएको थियो । उपर्युक्त अनुसार कुनै पनि शुल्क तथा बुके प्राप्त नभएकोले तोकिएको समयमा नयाँ शुल्क प्रणाली लागु गर्न अवरोध देखिएको छ ।

आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएकोले उपभोक्तालाई न्याय हुने प्रणाली हो । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा रहेको छ। नेपाल सरकारको निर्णय कार्यान्वयन पश्चात् टेलिभिजन दर्शकले आधारभूत प्याकेजका लागि रु. २५० । प्रति महिना र सशुल्क च्यानल समेत गरी अधिकतम कुल रु. ५००। प्रति महिना तिर्नु पर्ने र सेवा प्रदायकले हाल इण्टरनेट र टेलिभिजन च्यानल गरी लिईराखेको कुल शुल्कमा थप गरी शुल्क बढाउन नपाउने व्यस्था समेत गरिएको छ । यो नयाँ व्यवस्था अनुसार उपभोक्ताबाट उठाउन सकिने बुके र प्रति च्यानलको मूल्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट निर्धारण हुने हुन्छ । यो नयाँ प्रणालीमा शुल्क प्रणाली पारदर्शी भई उपभोक्ता तथा यस प्रणालीमा संलग्न हुने सबै संस्थाहरुलाई फाईदा हुने विश्वास राखिएको छ ।

मन्त्रालयबाट आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय भई पूर्ण रुपमा लागू गर्ने तयारी रहेको अवस्थामा यसका लागि आवश्यक बुके प्राप्त नभएकोले प्रचलित कानूनी व्यवस्थाको कार्यान्वयनका लागि २०८० श्रावण १ गतेबाट सबै सशुल्क विदेशी च्यानलहरुको प्रसारण बन्द हुने अवस्था सिर्जना भएको छ। टेलिभिजन च्यानलका उपभोक्ताको हित र शुल्क प्रणालीको पारदर्शिताका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय कार्यान्वयनलाई दृढतापूर्वक सहयोग गरिदिनु हुन सम्बन्धित सम्पूर्ण उपभोक्ताहरुमा अनुरोध गर्दछौं ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro