site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा चट्याङ लागेर १० जनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा चट्याङ लागेर १० जनाको मृत्यु भएको छ ।

बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरले बताएका छन् ।

गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ ।

सन् २०२२ मा भारतभर चट्याङका कारण ९०७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro