site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चन्द्रमामा अवतरण गराउन भारतले गर्‍यो चन्द्रयान–३ को सफल प्रक्षेपण

काठमाडौं । भारतको अन्तरिक्ष एजेन्सी इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा यान अवतरण गराउन रकेट प्रक्षेपण गरेको छ ।

शुक्रबार १४ जुलाईका दिन आन्ध्र प्रदेशको सतीस धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार २ बजेर ३५ मिनेटमा इसरोले चन्द्रयान–३ को सफल प्रक्षेपण गरेको हो ।

सबै कुरा योजना अनुरुप गएमा र यो यान चन्द्रमामा अवतरण भएमा भारत अन्तरिक्ष शक्ति बन्ने दिशामा उदाउने छ ।

Dabur Nepal
NIC Asia

सबै ठीक रहेमा अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण हुने ठानिएको छ । चन्द्रयान ३ मा ल्यान्डर, रोभर र प्रोपल्सन मोड्युल रहेको छ । यसको तौल करिब तीन हजार  हजार ९०० किलोग्राम छ ।

चन्द्रमाको दक्षिणी ध्रुव नजिक रोभर अवतरण गराउन चन्द्रयान–३ मा दुई मिटर अग्लो ल्यान्डर रहेको छ । संस्कृतमा चन्द्रयानको अर्थ चन्द्रवाहन हुन्छ । 

ल्यान्डरले दुई सातासम्म काम गर्नेछ र सोक्रममा विभिन्न परिक्षणहरू गरिनेछ ।

यान प्रक्षेपण हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै भनेका छन्, “२०२३ को जुलाई १४ को दिन भारतको अन्तरिक्ष क्षेत्र सम्बन्धमा सधैं सुनौलो अक्षरमा कोरिनेछ । हाम्रो तेस्रो चन्द्र मिसन चन्द्रयान–३ लामो यात्रामा जानेछ र यो महत्वपूर्ण मिसनले हाम्रो राष्ट्रको आशा र सपना बोक्नेछ ।”

करिब चार वर्ष अघि नै भारतले चन्द्रमाको सतहमा रोभर अवतरण गराउने प्रयास गरेको थियो, जुन असफल भएको थियो ।

अवतरण सफल भयो भने संयुक्त राज्य अमेरिका, सोभियत संघ र चीनपछि यो उपलब्धि हासिल गर्ने भारत चौंथो राष्ट्र बन्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro