site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेमा नयाँ सुरुवात : अध्यक्ष ओलीले गरे उपाध्यक्षहरूसँग छलफल 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्षहरूसँग छलफल गरेका छन् । ओलीले बुधबार र बिहीबार पार्टीका वरिष्ठसहित सात उपाध्यक्षसँग पार्टी केन्द्रीय कार्यालयमा छलफल गरेका हुन् ।

छलफलमा पार्टी विभागमा आफूहरूले पाएको विभागको क्षेत्रसँग सम्बन्धित विषयमा अध्यक्षलाई जानकारी गराएको उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए । एमालेमा ३२ विभागहरूको क्षेत्रगत रूपमा संयोजन गर्ने जिम्मेवारी उपाध्यक्षहरूलाई दिइएको छ । 

“विभागहरूको क्षेत्रगत आफ्ना आफ्ना जिम्मेवारी छ । आफ्नो क्षेत्रसँगको विषयका बारेमा अध्यक्षलाई जानकारी गरायौँ ,” नेम्वाङले भने । 

यसअघि अध्यक्षले उपाध्यक्षहरूसँग छुट्टै छलफल गर्ने गरेका थिएनन् । पार्टीमा नयाँ सुरुवात भएको र त्यसलाई निरन्तरता दिने विषयमा कुराकानी भएको नेम्वाङको भनाइ छ । 

“अध्यक्ष र उपाध्यक्ष अनौपचारिक रूपमा बस्ने जुन सुरुवात भयो, त्यो राम्रो भयो । अब यसलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा भएको छ,” उनले बाह्रखरीसँग भने । 

बैठकमा पहिला आफैँभित्रका कमीकमजोरी सच्याउने र पार्टीलाई मजबुत बनाउने कोणबाट छलफल भएको नेताहरूको भनाइ छ । 'मिसन २०८४' मा गम्भीरतापूर्वक लाग्ने एमालेको तयारी छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro