site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंक र मिडाट हस्पिटलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ललितपुरस्थित मिडाट हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले मिडाट हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहका लागी यस सुविधा सञ्चालनमा ल्याएको बैंकले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्