site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटा मोटर्सको प्रिबजेट एक्सचेन्ज फेस्ट जेठ ७ सम्म

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा ईभी प्रि–बजेट एक्सचेन्ज फेस्ट’को अवधि जेठ ७ सम्म पुर्‍याएको छ । कम्पनीले तीनदिन थप गर्दै अब जेठ ७ गतेसम्म कायम गरिएको जानकारी दिएको हो ।

कम्पनीका अनुसार, देशभरका सिप्रदी सोरुमहरूमा मेला सञ्चालन हुनेछ । मेलामा सहभागी ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाका नयाँ इलेक्ट्रिक मोडल जस्तै टियागो ईभी, कर्भ ईभी, पन्च ईभी, र नेक्सन के३ ईभी साट्न सक्नेछन् ।

यस अवसरमा ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, जीवनभर निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सेवा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहकले टेस्ट ड्राइभको सुविधा पनि लिन सक्ने छन् ।

सिप्रदी ट्रेडिङले ग्राहकको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता आकर्षक कार्यक्रमहरू ल्याइरहने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रिक गाडीमा स्विच गर्न चाहनेहरूका लागि यो सुनौलो अवसर नछुटाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्