site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सीता दाहाललाई एमाले अध्यक्ष ओलीले दिए श्रद्धाञ्जली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनले दुःखी भएको बताएका छन् । 

दाहालप्रति श्रद्धाञ्जली दिँदै ओलीले आफू दुःखी भएको बताएका हुन् । 

Argakhachi Cement Island Ad

“सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसंगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु,” ओलीले भनेका छन्, “दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।”

दाहालको उपचारको क्रममा नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा आज निधन भएको हो । बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्