site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तान बाढी : ६ जनाको मृत्यु, नौ घाइते
Sarbottam CementSarbottam Cement

इस्लामाबाद । पाकिस्तानमा विगत २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले जनाएको छ ।

बाढीसम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाएका मध्ये तीन महिला र एक बालक रहेको एनडीएमएले बताएको छ । गत जुन २५ देखि सुरु भएको  मनसुनी वर्षा र बाढीबाट पाकिस्तानमा हालसम्म ८६ जनाले ज्यान गुमाएका छन् भने १५१ जना घाइते भएका एनडीएमएले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बाढीबाट पूर्वी पञ्जाब प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र छ । त्यहाँ ५२ जनाको मृत्यु भएको छ भने उत्तरपश्चिमी खैबर पख्तुनख्वामा २० जनाले ज्यान गुमाएका छन् । विभिन्न भागमा ९७ घर ध्वस्त भएका र ४६ वटा चौपाया पनि मरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा एनडीएमएलगायत अन्य सरकारी संघसंस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार तथा राहतका काम जारी छन् । रासस/सिन्ह्वा

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement