site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको बैठक फेरि सर्‍याे
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । आइतबार बिहान बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । साे समयमा बस्न नसकेपछि फेरि अपरान्ह साढे ४ बजे बस्ने गरी सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

समिति गठन गर्न सत्ता र प्रतिपक्षी दल सहमत भए पनि समितिको कार्यादेशबारे सहमति नजुट्दा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बारम्बार सरिरहेको छ । 

440983469_350054351050559_7668667379091299658_n-1716114172.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro