site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेफ्टी ट्यांकीमा डुबेका बालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

झापा । ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको आज मृत्यु भएको छ ।

सेफ्टी ट्यांकीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि विर्तामोडस्थित विएन्डसी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले उक्त विद्यालयका सञ्चालक तथा प्रिन्सिपल मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । विद्यालयको लापारबाहीका कारण बालकको मृत्यु भएको वडा नम्बर–१० का वडाध्यक्ष नारायण खनालको भनाइ छ ।

विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्यांकी रहेको र ट्यांकीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापारबाहीपूर्वक छोपिएको कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको उनको भनाइ छ । हाल ६३ जना अध्ययनरत उक्त विद्यालय विसं २०७० मा गुरुङले स्थापना गरेका हुन् । विद्यालयमा पिजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro