राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।
मंगलबार एमाले वाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकमा ओलीले काम गर्न नसकेपछि अहिले सरकारले राजनीतिक स्टन्ट गरिरहेको टिप्पणी गरे ।
उनले एमाले कुनै पनि भ्रष्टाचारमा नफसेको पनि दाबी गरे । "याे सरकारले भ्रष्टाचार विराेधी काम सुरु गरेकाे हैन, केही काम गर्न नसकेपछि पाेलिटिकल स्टन्ट हाे । कुनै भ्रष्टाचारमा एमाले फसेकाे छैन । फस्दैन," ओलीले भने ।
सरकारले पछिल्लो समय ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १५:२८
प्रतिक्रिया दिनुहोस्