देश
काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा योगराज पौडेल र सोही कार्यालयका तत्कालीन खरिदार नारायणदास मिश्रलाई नियन्त्रणमा लिइएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
एसएसपी आचार्यका अनुसार पौडेल र मिश्रसहित ललितानिवास जग्गा प्रकरणमा हालसम्म १४ जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १५:०१
प्रतिक्रिया दिनुहोस्