site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङमा जेसीबीको ठक्करबाट बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

बागलुङ । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट बालकको मृत्यु भएको छ । 

बडिगाड गाउँपालिका–७, भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीका १४ वर्षीय छोरा  सुनीलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्