site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतले धौलीगंगाको बाँध खोल्यो, महाकालीमा बहाव उल्लेख्य बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । भारतको धार्चुलास्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएको छ । बाँध खोलिएसँगै महाकाली नदीमा पानीको बहाव उल्लेख्य बढेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए ।

उनका अनुसार आज बिहान ५ बजेदेखि भारतीय पक्षले बाँध खोलेको हो । आज बेलुका ८ बजेसम्म सिल्ट सफाइको कार्य हुने र त्यसका लागि बाँधको ढोका खोलिएको धौलीगंगा पावर स्टेसनले जानकारी गराएको उनले बताए ।

“भारतले बाँध खोलिसकेको छ । बाँध खोलेपछि जलसतह बढ्छ नै,” उनले बाह्रखरीसित भने, “सामान्य अवस्थाको भन्दा आज जलसतह धेरै बढेको छ ।”

भारतले बाँध खोल्ने पहिल्यै जानकारी गराएको र आफूहरूले पनि आवश्यक सतर्कता अपनाएको उनले बताए । प्रशासनले सूचना जारी गरी नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको उनले उल्लेख गरे ।

आवश्यक सतर्कता अपनाइएकाले कुनै अप्रिय घटना नभएको उनले बताए । “सतर्कता अपनाइएको छ, पूर्वतयारी गरेका थियौँ । अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन,” उनले भने ।

सहायक प्रजिअ धामीका अनुसार धौलीगंगाको बाँध खोलिँदा विशेष गरी दार्चुलाको सदरमुकाम खलंगामा जोखिमको सम्भावना रहन्छ । तर, विपद्को पूर्वतयारी गरिएको र तटबन्ध निर्माणका कारण अहिले क्षति नहुने अनुमान गरिएको छ ।

राससका अनुसार धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बर्सातका बेला हरेक वर्ष खोल्ने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ ।

वि.सं. २०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलिँदा दार्चुला सदरमुकामका १०० भन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro