site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
पल शाह भन्छन्– निधारमा 'बलात्कारी हुँ' लेखेर देश छाडौँ कि रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

काठमाडौं । अभिनेता पल शाहले आफूमाथि अझै 'बलात्कारी'को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन् । एक टेलिभिजन अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार 'सफाइ' पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन् ।

सोमबार राति फेसबुकबाट उनले भनेका छन्, "मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?"

Dabur Nepal
NIC Asia

पलले अदालतबाट 'सफाइ' पाइसकेपछि पनि निधारमा 'म बलात्कारी हुँ' लेखेर हिँडौँ ? भनेर प्रश्न गरेका छन् ।

"मलाई पल शाह बनाएको तपाईंहरूले हो । यस कारण म प्रश्न पनि तपाईंहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौ ? कसरी बोलौँ ? कसरी खाऊँ ? कसरी लाऊँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?," उनले भनेका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro