site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले भन्यो– प्रधानमन्त्रीबाट गहिराइमा गएर जवाफ आएन, तर स्वीकार्छौं

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले संसद्‍मा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताएका छन् । 

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग गिरीले प्रधानमन्त्रीले सारमा आफूले त्रुटि गरेको बताइसकेपछि भविष्यमा त्यस्तो कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसद्को अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताए ।

Argakhachi Cement Island Ad

तर, प्रधानमन्त्रीले गहिराइमा गएर जवाफ दिन नसकेको उनको भनाइ छ । समग्रमा प्रधानमन्त्रीको संसद्को अभिव्यक्तिलाई एमालेले सकारात्मक रूपमा लिएको प्रमुख सचेतक गिरीले बताए ।

"सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटि गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहोर्‍याउने भन्नुभएको छ । यसलाई हामी स्वीकार गर्छौं । उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन । गहिराइबाट जवाफ आएको छैन । उहाँको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छौँ," गिरीले भने ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्