site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अभिव्यक्ति गलत थियो भनेपछि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ : रघुजी पन्त
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका सांसद पन्तले प्रधानमन्त्रीले प्रधानमन्त्रीका हैसियतले सो अभिव्यक्ति दिनु आफ्नो कमजोरी भयो भनिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । गल्ती गर्ने र स्वीकार गरिसकेपछि पुनः प्रधानमन्त्री भइरहन नैतिकताले नदिने भन्दै उनले प्रधानमन्त्रीले संसद्मा दिएको उत्तर पनि चित्तबुझ्दो नरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“राजनीतिक रुपमा दिएको उत्तर चित्तबुझ्दो थिएन । हामीले मागेको राजीनामा पनि नैतिकताका आधारमा नै हो । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरामा म कन्भिन्स छु । म अहिले पनि कायम छु,” उनले भने, “बहुमत छ, प्रतिपक्षले माग्दैमा राजीनामा दिने हो भने गलत नजीर बस्छ भन्नुभयो । प्रतिपक्षले बिनाआधार राजीनामा माग्दैन । उहाँले संसद्मा उभिएर प्रधानमन्त्रीको रुपमा बोल्नु नहुने कुरा बोलेँ भन्ने अनि कसरी प्रधानमन्त्री छोड्दिन भन्न मिल्छ ?”

पन्तले गल्ती स्वीकारेपछि नैतिक रुपमा प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement