देश

काठमाडौं । झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३, सात नम्बर चोक बस्ने ३१ वर्षीय धनकुमार लिम्बू रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
लिम्बूले ती बालिकालाई २०७९ फागुन ७ गते किशोरीकै घर पछाडि बाँसघारीमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १७:५१
प्रतिक्रिया दिनुहोस्