site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अडियो प्रकरणबारे आरजु भन्छिन्– मलाई विवादमा ल्याउन खोजियो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुटो भएको बताएकी छन् । उक्त अडियोको अनुसन्धान गर्न उनले प्रहरीमा दिएको उजुरीको छानबिनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ ।

उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा. राणा र मञ्जु खाँणलाई रकम बुझाएको बताएका थिए । त्यो आवाज हाल अनुुसन्धानमा रहेका दाङका सन्देश शर्माकै रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सो अडियोको छानबिन गर्न डा. राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर ‘फेक अडियो’ बद्नियतपूर्ण रूपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कारबाही गरिपाऊँ भनी उनले गएको वैशाख २७ गते उजुरी दिएकी थिइन् ।

Dabur Nepal
NIC Asia

सोही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपित सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको आइतबार जानकारी गराएको छ ।

त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो टिकटकमा कसले पहिलोपटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको तर प्राप्त नभएको पनि नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

उता, थुनामा रहेका अभियुक्त शर्माले गएको वैशाख ४ गते नेपाल प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर, आरजु राणाको नाम लिइएको सो अडियो उक्त बयानपछि मात्र सार्वजनिक भएको थियो । त्यसपछि डा. राणाले अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरी दिएको बताइन् ।

फोनमा बोल्ने शर्माले आफूलाई अनुकूल हुने गरी मात्र नाम लिएको तर डा. राणालाई आफूले नचिनेको र यो काण्डमा उनको सम्बन्ध रहेको बारेमा आफूलाई थाहा नभएको बयानमा बताएका थिए ।

अभियुक्त शर्माले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा पैसा लिएका मानिसका कारण आफू समस्यामा परेकाले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आरजु देउवा तथा बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम लिई ‘मैले रकम बुझाएको हो भन्नू’ भनेअनुसार नै उनको नाम लिएको र आफूहरूले यस प्रकरणमा उनीहरूलाई नचिन्ने बताएका थिए ।

प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको भन्दै सांसद डा. राणाले सो अडियो नै बद्नियतपूर्ण रूपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न षड्यन्त्र गरिएको जिकिर गरिन् ।

उनले भनिन्, “पहिले नै सो व्यक्तिले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा आफूले आरजुलाई नचिनेको र नचिनेका व्यक्तिलाई कसरी पैसा दिनु भनेको कुरा स्पष्ट रूपमा बाहिर आइसकेकाले यो अडियो जसले बनाएको वा सामाजिक सञ्जालमा राखेको भए पनि मलाई विवादमा ल्याउनका लागि रचिएको हो, यसमा मेरो कुनै पनि संलग्नता छैन ।” रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro