site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन नेताको छलफलपछि एमालेको संसदीय दलको बैठक सुरु 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।

त्यसअघि, आजै सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक बोलाएका हुन् ।

बैठकमा संसद्को अवरोधबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्