site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धौलीगंगाको बाँध खोलिँदै, महाकालीमा बाढीको सम्भावना
महाकाली नदी । फाइल तस्बिर ।

काठमाडौं । भारतको धार्चुलास्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको छ । बाँध खोलिँदा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

जिप्रकाका अनुसार भोलि बिहान ५ देखि बेलुका ८ बजेसम्म सिल्ट सफाइको कार्य हुने र त्यसका लागि बाँधको ढोका खोलिने धौलीगंगा पावर स्टेसनले जानकारी गराएको छ ।

Dabur Nepal
NIC Asia

भोलि बिहान ५ देखि बेलुका ८ बजेसम्म र त्यसपछि समेत महाकालीमा जल स्तर बढ्नसक्ने सम्भावना रहेको जिप्रका दार्चुलाले जनाएको छ । महाकालीतटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन जिप्रकाले आग्रह गरेको छ ।

राससका अनुसार धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बर्सातका बेला हरेक वर्ष खोल्ने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ ।

वि.सं. २०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलिँदा दार्चुला सदरमुकामका १०० भन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

suchana1688966700.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro