सन्दर्भ
विनियोजन विधेयक २०८० को प्रश्नोत्तरको क्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उठाएका दुई विषयले अलि चासो बढायो । एउटा विषय जुन जो कोही प्रधानमन्त्री भएको बेलामा आउने निरन्तरको विषय जस्मा युवालाई देशभित्रनै रोजगारीको श्रृजना गर्दै वैदेशिक रोजगारीको सिलसिलामा रहेका युवाहरुलाई देशमा नै अवसर श्रृजना गर्र्ने सरकारको लक्ष्यको बखानको निरन्तरता भने दोश्रो विषय चैं अन्य प्रधानमन्त्री भन्दा फरक र अलि क्रान्तीकारी तवरले सामाजिक सञ्जालका चित्र र सञ्जालमा रमाउने युवापुस्तालाई घुमाउरो पारामा गरेको गालीले उनमा युवाजनमा आएको चेतलाई लक्षित गर्न खोजेको जस्तो देखिन्छ ।
आखिर खाहाललाई समेत चासो हुने गरि आईरहेका विषयहरुले पाका र स्थापित पार्टीका नेताहरुमा ढ्याङग्रो चै पक्कै बजाएको छ । युवापुस्ताले राजाको शासनकालमा भएका अराजक विषयहरुलाई भोग्नु नपरेको र वर्तमानमा अगाडि जे छ त्यसमा नै रमाउने कारणले लोकतन्त्रमाथि नै धावा बोलेको आक्षेप पेश गरिरहँदा एउटा विषय चै स्पष्ट छ कि कोरा भाषणबाजीमा रमाउने नेतागणको सातो युवापुस्ताले जगाईरहेका छन् । हुन पनि हो आजकल पान पसल, चिया पसल, पार्क, रेष्टुरेन्ट, सरकारि कार्यालय या त अरु कुनै सार्वजनीक निकायका अड्डा, सामाजिक सञ्जाल या त सार्वजनिक चासोका क्षेत्रहरुमा कि वालेन शाह, कि हर्क साङपाङ्ग, कि रबी लामिछानेका बहससँगै छिटपुट स्थापित दलका युवा र युवासोच भएका नेता (एकाध रुपमा आउने) कै चर्चा हुन्छ । बालेन र हर्कले त आफुलाई सावित गर्ने कुरामा केहि ठोस उदाहरणहरु पेश गरिसकेका छन् रवी र उनको पार्टीका सदस्यहरुको पनि जमर्काे जारि छ ।
वैकल्पिक साहारामा जबरजस्त उठ्दै गरेको युवा सामथ्र्य नगरौं नजरअन्दाज
स्थापित दलमा उमेर ढल्किसकेका नेताकै दबदबा रहिरहनु र युवापुस्तालाई कोरा राजनीतिको मोहोरामात्रै बनाईरहनाले स्थापित दलभित्रै युवा सामथ्र्य बेलाबेला बहुरिने गर्छ । केहि दिन अगाडि नेपाली कांग्रेसका नेता माननीय गगन थापाले आफ्नो दल लगायत स्थापित दलका पाका नेताहरुलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले यिनै विषयलाई थप स्पष्ट पार्ने जमर्काे गरेको छ । थापाले भनेजस्तै एउटै व्यक्ति कति पटक प्रधानमन्त्री बन्ने भन्ने कुराको ठोस आधार र व्यवस्था हुन नसक्नु, पाका नेताहरुले दिन नसकिरहेको ‘पोलिटिकल एक्जिट’ (शाब्दीक अर्थ फरक भएपनि सारमा राजनीतिक पुस्तातन्रणको रुपमा बुझ्न सकिने) नभएकोले पार्टीभित्र भएको जाम र विकसित देशमा गरिएका पद्धती र व्यवस्थाको उदाहरणले स्थापित पार्टीभित्र आगो सल्किरहेको छ ।
वैकल्पिक सहाराको रुपमा अधिकाँश नयाँ शक्तिले सामाजिक सञ्जाललाई नै माध्यम बनाएका छन् । सामाजिक सामाजिक सञ्जालमा जब बालेन बोल्छन्, उनको अभिव्यक्तिको पक्षमा आउने हजारौं सकारात्मक प्रतिक्रियासँगै राजनीतिमा लामो समयदेखि स्थापित दल र ति दलका पाका नेताहरुलाई गरिने गालिगलौज र वितृष्णालाई नजरअन्दाज गर्दै युवालाई विगत बुझाउन खोज्नु एक पक्षमा त ठिकै होला तर तत्कालै परिणाम खोज्ने युवा पुस्ताको मनस्थितिलाई दोषारोपण गर्दै आफुले गरेको परम्परागत कार्यशैली नै ठिक भन्नु किमार्थ ठिक होईन ।
नितान्त पृथक शैली र अभियानलाई आत्मासाथ गर्दै धरानको राजनीतिमा स्थापित पार्टीमाथि धावा वोल्दै आफुलाई अबल सावित गरिरहेका हर्क साङपाङ्गको महत्वपुर्ण आधार नै सामाजिक सञ्जाल हो । आफुले गरिरहेको, गर्नलागेको काम देखि लिएर आफुलाई परेको असहजता साथै उनले उठाईरहेको नेपालको स्वयंसेवी श्रम संस्कृतिलाई जसरि खुल्ला रुपमा प्रस्तुत गरिदिन्छन् र उनको पक्षमा जनमत श्रृजना गर्छन् त्यसबाट तर्सिएर सामाजिक सञ्जालमा हर्कलाई समर्थन गर्ने युवा पुस्तालाई गाली गर्नु कदापी ठिक होईन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कतिपय विषयहरु सुस्पष्ट ढंगबाट आउन बाँकी नै भए पनि एउटा मन परेको विषयमध्येको एक चै प्रतिनिधी सभामा उनिहरुको प्रस्तुति हो । नयाँ शक्तिको रुपमा उदयमान हुने क्रममा रहेको पार्टीका सम्बन्धीत विषयका विज्ञ संसदहरुले दिईरहेका खोजमुलक, विश्लेषणात्मक र समालोचनात्मक टिप्पणीले उनिहरुको उपस्थिति दरिलो बन्दै गईरहेको छ । र ति विषयहरुलाई पछ्याईरहेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु र उनिहरुका सकारात्मक सन्देशलाई नजरअन्दाज गरिनु सायद जायज छैन ।
केही यथार्थ
नेपालको राजनीतिमा उदाईरहेका यि पात्रहरुलाई हेर्दै गर्दा विश्व राजनीतिलाई अलि नजिकबाट हेर्दा ३६ बर्षको उमेरमा दक्षिणपुर्वी युरोपियन देश मोन्टेनेग्रोमा वर्तमान राष्ट्रपति ज्याकोभ मिलाटोभिकले गत २० मे २०२३ देखि सत्ताको बागडोर सम्हाल्दै आएका छन् ।
त्यसैगरी पश्चिम अफ्रिकी देश वुर्किना फासोका वर्तमान राष्ट्रपती ईब्राईम ट्रावर ३५ बर्षमा शासन सञ्चालन गरिरहेका छन् । फिनल्यान्डकि तत्कालिन प्रधानमन्त्री सन्ना मरिन ३४ बर्षको उमेरमा सन् २०१९ मा प्रधानमन्त्रीको रुपमा आफुलाई उभ्याउदै गर्दा आफ्नो मन्त्रीमण्डल भित्र अन्य ५ जना ३५ बर्षभन्दा कम उमेरसमुहका मन्त्रीहरुमार्फत् आफ्नो कार्यकाललाई सकाउँदै गत जुन २० विदा भइन् । मरिन जस्तै अष्ट्रियामा दुई कार्यकाल चान्सलर बनेका सेबास्टियन क्रुज पहिलोपटक चान्सलर बन्दा जम्मा ३१ बर्षका थिए । सन् २०१७ देखि २०२१ सम्म दुईपटक चान्सलर बन्दै गर्दा उनले अष्ट्रियाको विकासनिर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको प्रमाणहरु भेनिन्छन् । त्यसैगरि २८ बर्षको उमेरमा पहिलोपटक सांसद निर्वाचित भएकि न्युजल्यान्डकि तत्कालिन प्रधानमन्त्री (२०१७ – २०२३) ज्यासिन्डा आरडेनले आफ्नो अब्बल नेतृत्वलाई सावित गरेकि छिन् । अझै रोचक त युगान्डाकी प्रोस्कोभिया एलेन्गोट ओरोमाईट पहिलोपटक सांसद बन्दा जम्मा १९ बर्षकि थिईन् र अहिले पनि सांसदको रुपमा काम गरिरहेकी छिन् ।
विश्व राजनीतिका यि प्रतिनिधी उदाहरणको सामान्य चर्चापछि फेरि नेपालतिरकै कुरा गरौं । प्रधानमन्त्रीले माथि उठाएका दुवै विषय एक अर्कामा अन्तरसम्बन्धीत छन् । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को सन् २०२२ को प्रतिवेदनलाई मात्रै आधार मान्ने हो भने दुई आर्थिक बर्ष २०१९/२०, २०२१/२२ मा मात्रै (कोभिड चुनौतिका बाबजुत) ११ लाख नेपालीयुवाहरु देशबाहिर रोजगारिको सिलसिलामा गएका छन् । रोजगारिका लागि छिमेकी देश भारत जाने युवाको संख्याबाहेकको त्यो संख्यालाई मात्रै हेर्यो भने पनि दैनिक करिब १५००को हाराहारीमा युवा बाहिरिँदो छ । आईएलओको सोही प्रतिवेदनले वैदेशिक रोजगारिमा गएका युवाहरुको कारणले परिवारका सदस्यहरुको आर्थिक, शैक्षिक र सामाजिक स्तर सुधारमा महत्वपुर्ण टेवा पुर्याएको भनिएको छ । प्रतिवेदनमा नउठाईएको तर उल्लेखित क्षेत्रभन्दा अलि पृथक वैदेशिक रोजगारिमा गएका युवाजनले परिवारभित्रको राजनीतिक झुकाव कतातिर लैजाने भन्ने विषयमा रामै्र प्रभाव पारेका छन् भलै उनिहरुको मताधिकार छैन ।
देशभित्रनै रोजगारिको कोरा रटान लगाउने जुनसुकै व्यवस्था र नेतृत्वले नजरअन्दाज गरेको विषयहरुमध्ये देशभित्र रोजगारिको अवसर श्रृजना हुन नसक्नु, शिक्षा गुणस्तरिय नहुनु, सामाजिक परिवेश परिवर्तन हुँदै जानु र त्यसमा आफुलाई अभ्यस्त राख्न अदृश्य दबावको सामना जस्ता चोटिला विषयहरुले युवालाई वैदेशिक रोजगारिमा धकेलेको तितो यर्थात् विदितै छ । अमेरिकन समाजशास्त्री रोबर्ट के मेरटनले सन् १९३८मा अघि सारेको स्र्टेन (तनाव) सिद्धान्तले भनेजस्तै समाजले यसका सदस्यहरुलाई जहिले पनि सामाजिक रुपमा स्थापित लक्ष्यहरु (जुन आफ्नो काबुमा सधैँ नहुन सक्छन्) प्राप्तिको लागि दबाब श्रृजना गरिरहेको हुन्छ, जस्को कारणले तनावको स्थिति श्रृजना हुन्छ, र कतिपय बेलामा उक्त तनावले अपराधिक कृयाकलाप गर्न उद्धेलित गर्ने, आत्माहत्या गराउन प्रोत्साहन गर्ने लगायतका कठोर कुराका साथै आर्थिक सुरक्षाका उपायहरुको खोजि गराउने समेत गर्न सक्छ ।
सामाजिक सञ्जालमार्फत् देशमा के भईरहेको छ र कुन चाँही पार्टीले उनिहरुको भावना, बोली र व्यवहार बोलीरहेका छन् भनेर एकएक हिसाब गरिरहेका पुस्तालाई विगत यस्तो कहाँ थियो भनि कम आंकलन गरिदैं गर्दा ति युवा वर्तमानलाई मज्जाले हेरिरहेका छन् भन्ने चै किन बुझ्न नसकेका होलान्, प्रश्न गम्भीर छ ।
राष्ट्रिय जनगणना २०७८को तथ्याङ्क अनुसार नेपालमा युवा (राष्ट्रिय युवा नीति अनुसार १६–४० उमेर समुहलाई युवा मानिएको छ ) को जनसंख्या ४२.५६% (१२४१२१७३) रहेको छ जुन २०६८ को तथ्याङ्क ४०.३३% (१०६८९८४२) भन्दा २.२१% ले बढेर गएको देखिन्छ । जनसांख्यिक लाभाँसको रुपमा अबको करिब १५ बर्षसम्म रहने यो समुह राजनीतिमा जबरजस्त निर्णायक बनिरहेको छ भलै देशभित्रकै परिवेश आफु अनुकुल नभएकोले वैदेशिक भुमिमा बसेको किन नहोस् ।
जनसांखिक लाभाँस लिने सम
यमा रहेको नेपाल सरकारको नीति तथा कार्यक्रम २०८०/८१ लाई सरसर्ती हेर्दा पुनः कोरा नारावाजी मात्रै हो भन्न अतिशयोक्ती नहोला । समेट्न कुनैपनि विषय नछुटाएको सरकारले उद्यमशिलता प्रबद्र्धन गर्नुको साथै अबको दुई वर्ष भित्र पाँच लाख थप रोजगारी सिर्जना गर्ने, एकत्रित रुपमा उठ्न नसकिरहेको नीजि क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय प्राविधिक तथा व्यवसायिक प्रशिक्षक प्रतिष्ठान स्थापना गर्ने लगायतका महत्वकाँक्षी योजनाहरु पेश भएका छन् । नवप्रवर्तनमा आधारित उद्यम व्यवसाय सञ्चालन गर्ने, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न आविष्कार कोषको स्थापना गर्ने लगायतका मुद्दाहरु प्राथमिकतामा पर्दै गर्दा सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रमलाई कर्जाको प्रभावकारिता जाँच गर्ने नाममा विना घोषणा बन्द गरिदिएको छ ।
कोल्टे फेर्न खोजिरहेको राजनीतिक दिशा
समाजशास्त्री मिशेल फुकोल्टले ‘सब्जेक्ट एण्ड पावर’ भन्ने पुस्तकमा सरकारको बारेमा चर्चा गर्दै सरकारले नितान्त राजनीतिक संरचना वा त्यसको व्यवस्थापन भन्ने मात्र बुझाउँदैन कि समुदायस्तरमा रहने व्यक्ति वा समुहको कामलाई निर्देशित गरेको हुन्छ । पछिल्ला समयमा जेजति सरकार विभिन्न परिवेश र सन्दर्भमा भने फुकोल्टले भनेको जस्तो व्यक्ति वा समुहमा केन्द्रित हुनुको साटो राजनीतिक संरचना र त्यसको व्यवस्थापनमा नै केन्द्रित रह्यो । सरकार बनाउने, भत्काउने, भागवण्डा, सत्ताप्राप्ती र जोगावटको कारणमा अल्झिन अभ्यस्त स्थापित दलहरुको खिचातानीको प्रतिफल स्वरुप श्रृजित चरम वितृष्णाको चपेटामा परेका जनताहरुले विकल्प रोज्न थालिसकेको कुरा पछिल्ला चरणको तनहुँ र चितवनको निर्वाचनले नै सावित गरिसकेको छ । हुन पनि स्थापित दलले गर्ने भन्दा नगर्ने काम धेरै गरिरहने र त्यसबाट आउने नैराश्यतालाई संश्लेषण गर्दै अघि बढिरहेका युवा शक्तिको वेगलाई थाम्न निकै नै गाह्रो देखिन्छ ।
अन्त्यमा
दर्शनशास्त्र वास्तवमा नै पढेका वा पढेजस्तो गरेर भएपनि जनता (नेताको भाषामा) वास्तवमा पार्टी कार्यकर्तालाई भ्रमित पार्न सिपालु हाम्रा नेताहरुले समयसापेक्ष सहि निर्णय लिनै पर्दछ । पेचिलो बनेर आएको युवाशक्ति र आवेगलाई सम्हाल्न महत्वपुर्ण पहलकदमी शुरु नगर्ने हो भने राजनीतिको बागडोर पाकाको पञ्जाबाट नयाँ पुस्तामा जाने कुरालाई नकार्न सकिदैन ।
वर्तमान विश्वमा अब्बल मानिएको व्यवस्थाहरुमध्येको एक व्यवस्था, लोकतन्त्रको विकल्प तत्काल खोजिनु पक्कै गलत हुन्छ । यदि खोज्ने नै हुँदा आफ्नो सांगठनिक आधारशिला उपल्लोदेखि तल्लो तहसम्म भएका दलहरुलाई जति सहज नयाँ पार्टीहरुलाई नहुन सक्छ । तथापि कांग्रेस नेता गगन थापाले भने जस्तै स्थापित दल र तिनका पाका नेताहरुले जबसम्म पोलिटिकल एक्जीटको बाटोलाई छनोट गर्न सक्दैनन् र युवालाई विभिन्न वाहानामा अलमलाई राख्ने गर्ने स्थापित पार्टीहरुको शैलीले युवा शक्तिको सार्मथ्य झन् बढोत्तरी भएर जाने देखिन्छ चाहे त्यो दलभित्र होस् वा दल बाहिर वैकल्पीक शक्तिको रुपमा उदाउँदै गरेको समुहमा होस् ।