site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले असंसदीय व्यवहार देखायो : राजेन्द्र पाण्डे
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेकपा (एमाले)ले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् । शनिबार समाजवादी मोर्चाको पहिलो बैठकपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने निर्णय गरेको उनले स्मरण गराए । “यसको बारेमा त तपाईंले अस्तितिरै थाहा पाइसक्नुपर्ने हो । गठबन्धनमा सरकारमा सामेल भएका सबै दलहरू बालुवाटारमा अस्ति नै बसेको बैठकमा उपस्थिति थियौँ । राजीनामा गर्नु पर्दैन । एक त एमालेले असंसदीय, गैरसंसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरूले बोल्नुपर्थ्यो । संसद्मा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन,” उनले भने, “संसद्मा उहाँहरूले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो । तर, उहाँहरूले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ– एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।”

भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement