site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा भारी मनसुन वर्षा, ५० जनाको मृत्यु
SkywellSkywell

काठमाडौं । पाकिस्तानमा भारी मनसुन वर्षाका कारण दुई हप्तामा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

दुई सातादेखि परेको भारी मनसुन वर्षाका कारण मौसमसँग सम्बन्धित घटनाहरूमा आठ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु र ८७ जना घाइते भएको अधिकारीहरूले बताएका हुन् ।

Dabur Nepal
NIC Asia

राष्ट्रिय प्रकोप व्यवस्थापन अधिकारीले भने, “जुन २५ मा मनसुन सुरु भएदेखि नै पाकिस्तानमा विभिन्न वर्षासम्बन्धी घटनाहरूमा ५० जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।” 

अधिकांश मृत्यु पूर्वी प्रान्त पञ्जाबमा भएको थियो । मुख्यतया विद्युतीय करेन्ट र भवन भत्किँदा मृत्यु भएको आधिकारिक तथ्यांकले देखाएको छ ।

खैबर पख्तुनख्वाको उत्तरपश्चिमी प्रान्तमा बिहीबार साङ्ला जिल्लामा पहिरोमा परी १२ देखि १५ वर्षका आठ बालबालिकाको शव फेला परेको आपतकालीन सेवा उद्धार ११२२ का प्रवक्ता बिलाल अहमद फैजीले बताए ।

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका अन्य बालबालिकाको खोजी गरिरहेको उनले बताए ।

तीमध्ये १५ बालबालिका बालुवाको चट्टान नजिकै क्रिकेट खेलिरहेका थिए । बालुवाको ढिस्कोले पुरिएर आठजनाको मृत्यु भएको छ । एकजना घाइते छन् भने अन्यलाई सकुशल उद्दार गरिएको छ । अल्जजिरा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu