site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिजिटल वित्तीय सेवा बैंकिङ प्रणालीको अभिन्न अंग हो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अंग रहेको बताएका छन् । 

दक्षिण एसिया क्षेत्रीय वित्तीय समावेशी पहल (एसएआरएफआईआई) द्वारा आयोजित ‘साउथ एसिया लिडरसिप राउण्डटेबल’ विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै एसएआरएफआईआईका उपाध्यक्षसमेत रहेका गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन् । 

“डिजिटल वित्तीय सेवा हाम्रो बैंकिङ प्रणालीको अभिन्न अंग हो,” उनले भने, “कोभिड जस्ता संकट र अनिश्चितताको समयमा यसले व्यावसायिक निरन्तरतामा टेवा पुर्‍याउँछ ।” 

बैठकमा उनले दक्षिण एसियाली मुलुकहरूबीचको अन्तरदेशीय भुक्तानी प्रणालीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । साथै, दक्षिण एसिया क्षेत्रमा वित्तीय साक्षरता र समावेशीकरणलाई प्रवर्द्धन गर्न सबैले ऐक्यबद्धता जनाउनुपर्ने उनले धारणा राखे । 

सो अवसरमा गभर्नर अधिकारीले नेपालमा डिजिटल भुक्तानीको नीतिगत तथा प्राविधिक पूर्वाधार विकास, अन्तरदेशीय भुक्तानी संयन्त्र, वित्तीय ग्राहक संरक्षण, लघुवित्त सेवाको प्रवर्द्धन लगायतका क्षेत्रमा भएका प्रगतिबारे चर्चा गरेका थिए । 

बैठकमा गभर्नर अधिकारीले नेपालको कुल जनसंख्याको दुई तिहाइ हिस्सामा मोबाइल बैंकिङको पहुँच पुगेको उल्लेख गर्दै पछिल्लो समयमा क्यूआर कोड, डिजिटल वालेट जस्ता माध्यमबाट हुने भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको जानकारी दिए । 

डिजिटल भुक्तानीको तीव्र विकाससँगै प्रणालीका सम्भावित जोखिमलाई सम्बोधन गर्न नेपालमा आवश्यक संयन्त्र विकास गरिएको गभर्नर अधिकारीले बताए । 

बैठकमा बंगलादेश बैंकका डेपुटी गभर्नर नुरुन नाहर, सेन्ट्रल बैंक अफ श्रीलंकाका डेपुटी गभर्नर टीएमजेवाईपी फर्नान्डो, माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी अफ बंगलादेशका कार्यकारी उपाध्यक्ष मोहम्मद फासिउल्लाह र सार्क मुलुकका केन्द्रीय बैंकका अन्य पदाधिकारीको सहभागिता थियो । 

माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अली हसिमले उक्त बैठकको अध्यक्षता गरेका थिए । दक्षिण एसियामा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सन् २०२२ सेम्टेम्बरमा ‘अलायन्स फर फाइनान्सियल इन्क्युजन (एएफआई) को क्षेत्रीय संयन्त्रका रूपमा एसएआरएफआईआईको स्थापना भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro