site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानको लाहोरमा भारी वर्षाका कारण १७ जनाको मृत्यु, ५० घाइते
SkywellSkywell

लाहोर । पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा २४ घण्टाको अवधिमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको उद्धार विभागले बिहीबार जनाएको छ ।

उद्धार विभाग (रेस्क्यु–११२२) का अनुसार पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा विगत ३० वर्षयताकै सबैभन्दा बढी २९१ मिलिमिटर वर्षा हुँदा करेन्ट लागेर, डुबेर र भग्नावशेषमा पुरिएर ती व्यक्तिको मृत्यु भएको हो ।

उद्धार विभागका अनुसार बुधबार साँझ शहरको मिश्री शाह क्षेत्रमा भारी वर्षाका कारण घरको छाना भत्किँदा एक दम्पती र उनीहरूका दुई छोरासहित चारजनाको परिवारको मृत्यु भएको हो ।

Dabur Nepal
NIC Asia

लाहोरको थोकर सन्नी पार्क क्षेत्रमा वर्षाको पानीमा डुबेर एक ११ वर्षीय बालकको मृत्यु भएको छ भने एक महिलासहित चारजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधबार र बिहीबारको वर्षाका कारण सहरी क्षेत्रमा बाढी आएको छ भने धेरै क्षेत्रमा पूर्वाधारमा क्षति पुगेको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार शहरका अधिकांश सडक र ‘अन्डरपास’हरू वर्षाको पानीले डुबानमा परेकाले आवागमन गम्भीर अवरोध उत्पन्न भएकाले उच्च सतर्कतामा मेशिनरी र कर्मचारीहरूको साथ स्थितिको अनुगमन गरिरहेका छन् ।

पञ्जाबका मुख्यमन्त्री मोहसिन नकवीले मुख्य सडकहरू सफा गर्न र जलमग्न क्षेत्रहरूबाट पानी निकास गर्न सहरभरि टोलीहरू नियुक्त गरिएको र शहरमा अर्को वर्षा हुने सम्भावना रहेको र अधिकारीहरूले यसको लागि तयारी गरिरहेको बताएका छन् ।

पाकिस्तानको मौसम विज्ञान विभाग (पीएमडी) ले अरब सागरबाट आएको वायुको तरंगको प्रभावले वर्षा गराउने भन्दै प्रान्तका अन्य भागहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ ।  

यसअघि बुधबार पनि पीएमडीले आगामी दुई दिनमा प्रान्तको तल्लो क्षेत्रमा भारी वर्षाका कारण सहरी बाढी आउने चेतावनी दिएको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu