site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बेलायत जाने नर्सको दुई वर्ष कार्य अनुभव हुनुपर्ने, लिखित परीक्षा नलिइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाउन लागिएका नर्सको छनोट प्रक्रिया शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा हुने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर (डीएचएससी)को मातहतमा छनोट गरिने मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

छनोटको पहिलो प्रक्रिया अनलाइन आवेदनमार्फत अघि बढाइनेछ । मन्त्रालयका व्यवस्थापन महाशाखा प्रमुख राजिव पोख्रेलका अनुसार जुलाईको अन्तिम सातादेखि आवेदन खुला गर्नेगरी सफ्टवेयर बनाउने काम भइरहेको छ ।

२० देखि ४५ वर्षसम्मका स्टाफ नर्स, बीएस्सी र एमएस्सी नर्सहरूले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् । फर्ममा समावेश शैक्षिक योग्यता र अनुभवको प्रमाण पुग्ने कागजातका आधारमा पहिलो चरणको छनोट गरिनेछ । महाशाखा प्रमुख पोख्रेलका अनुसार आवेदन दिने नर्सहरूको न्यूनतम कार्य अनुभव दुई वर्ष हुनु पर्नेछ ।

Global Ime bank

छनोटका लागि लिखित परीक्षा भने नहुने बताइएको छ । नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजनामा दुवै पक्षको संलग्नामा अर्न्तवार्ताका आधारमा अन्तिम छनोट गरिने उल्लेख छ ।

जीटूजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत बेलायतमा नेपाली स्वास्थ्य जनशक्ति पठाउनका लागि २०७९ भदौ ६ गते नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच सातबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसअन्तर्गत पहिलो चरणमा सरकारले १०० नर्स पठाउन लागेको हो ।

बेलायत जाने नर्सहरूले त्यहाँको नेसनल हेल्थ सर्भिसअन्तर्गत हेल्थ केयर असिस्टेन्टको रूपमा काम गर्नेछन् । उनीहरूको पारिश्रमिक वार्षिक २६ हजार २८२ पाउण्ड हुने सम्झौतामा उल्लेख छ । पाँच वर्षसम्म त्यहाँ सेवा गरी फर्किनुपर्ने व्यवस्था गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय