site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कर्मचारी र वकिलको विवादसम्बन्धी थप आन्दोलन नगर्न सहमत
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कर्मचारी र वकिलबीच भएको विवादलाई लिएर थप आन्दोलन नगर्न कर्मचारीहरू र कानुन व्यवसायीको संस्था नेपाल बार एसोसियसन लगायतका इकाइहरू सहमत भएका छन् ।

असार १३ गते अदालतकी कर्मचारी प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबचि हातपात भएपछि देशभरका अदालतका कर्मचारी र कानुन व्यवसायीहरूले आन्दोलन गर्दै आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त घटनापछि तीन दिन लामिछाने हिरासतमा बसे । उनीविरुद्ध ललितपुर जिल्ला प्रशासनमा अभद्र व्यवहार समेतमा मुद्दा चलाइएको थियो ।

आज उक्त विवाद समधानका लागि गठन भएको समिति सदस्यहरू, नेपाल बार एसोसियसनका प्रतिनिधि तथा घटनामा सामेल तामाङ र लामिछानेको रहोबरमा दुवै तर्फले आन्दोन स्थगित गर्न सहमत भएका हुन् ।

Global Ime bank

सहमतिपत्रमा अब एक अर्का पक्षप्रति कुनै दोष नराखी विवादलाई अन्त्य गरी आ–आफ्नो क्षेत्रमा काम गर्न सहमत भएका छन् ।

त्यस्तै अदालतका सीसीटीभी क्यामेरालाई मर्मत गरी सञ्चालन योग्य बनाउन समेत आग्रह गरिएको छ । दुवै पक्षले आजकै मितिबाट थप सेवा सुचारू गर्ने निर्णय गरेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement