site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उद्धव थापालाई मुख्यमन्त्री बनाउन माओवादी र एकीकृत समाजवादीको ठाडो निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता कोसी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस कोसीका संसदीय दलका नेता उद्धव थापालाई आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न निर्देशन दिएका छन् । सत्ता गठबन्धनको केही दिनअघिको बैठकले थापालाई मुख्यमन्त्रीको रुपमा अघि सारेको थियो ।

आज सोही निर्णय कार्यान्वयन गराउन कोसी प्रदेश एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई, माओवादीका संसदीय दलका नेता इन्द्र आङ्वोलाई उक्त निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय कार्यान्वयन गर्न कोसी प्रदेश एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई, माओवादीका संसदीय दलका नेता इन्द्र आङ्वोलाई बोलाएर निर्देशन दिएका छौँ,” एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बाह्रखरीसँग भने, “आज ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुुहुन्छ ।”

नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि त्यहाँ नयाँ सरकारका लागि साँझ पाँच बजेसम्मको समय तोकिएको छ ।

Global Ime bank

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोसीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको एक गरी ४७ मत छ । गठबन्धनले सभामुखसहितको दाबी पेस गर्ने भएको हो ।

पाण्डेले समामुख पनि सांसद भएकाले सांसदको हैसियतामा हस्ताक्षर रहने पाण्डेको भनाइ छ । “सभामुख पनि सांसद हो । सांसदको हैसियतले उहाँको हस्ताक्षर हुन्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !