site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक अस्थिरता विकासका निम्ति घातक : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका निम्ति घातक रहेको बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको जिकिर गरे । जसले अस्थिरता निम्त्याए पनि लोकतान्त्रिक आन्दोलन र विकासका निम्ति यो घातक रहेको उनले उल्लेख गरे ।

उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृत्तिलाई निस्तेज बनाउनुपर्नेमा जोड दिए । अविश्वासको जगमा बनेको वर्तमान सरकार त्यसकै कारणले चाँडै टुंगिने उनको भनाइ छ ।

उनले चाँडै विकास र स्थिरताप्रति समर्थित सरकार आउने दाबी गरे । मुलुकमा राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने उनले धारणा राखे । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro