site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुइस एनरिके पीएसजीको मुख्य प्रशिक्षक
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले लुइस एनरिकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पीएसजीले बुधबार स्पेनका ५३ वर्षीय एनरिकेलाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो ।

पीएसजीले बार्सिलोना तथा स्पेनका पूर्वमुख्य प्रशिक्षक समेत रहेका एनरिकेसँग दुई वर्षको सम्झौता गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“म पेरिससँग जोडिएर नयाँ अनुभवमा रमाउने अवसरका लागि हर्षित छु । नयाँ मानिससँग भेट्न पाउनु, नयाँ सहरमा बस्न पाउनु, नयाँ भाषा सिक्न पाउनु र सबैभन्दा महत्त्वपूर्ण पीएसजीको प्रशिक्षण सम्हाल्न पाउनु उत्साहजनक कुरा हो,” फ्रेन्च लिग वान च्याम्पियनको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि एनरिकेले भने ।

एनरिकेले सन् २००८ मा स्पेनिस क्लब बार्सिलोनाको ‘बी’ टिमबाट प्रशिक्षण करियर सुरु गरेका थिए । त्यसपछि उनले रोमा र सेल्टा भिगो हुँदै सन् २०१४ मा पुनः बार्सिलोनाको पहिलो टिम सम्हालेका थिए । बार्सिलोनाको सिनियर टिमलाई उनले ऐतिहासिक ‘ट्रेबल’ जिताएका थिए ।

Global Ime bank

२०१७ मा बार्सिलोनाको जिम्मेवारी छोडेका उनले त्यसको अर्को वर्ष स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी पाएका थिए । उनले गएको वर्ष कतारमा सम्पन्न फिफा विश्वकपपछि स्पेनको जिम्मेवारी छोडेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय