site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् बैठक अवरुद्ध गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरोध गर्ने निर्णय गरेको एक सांसदले बताए ।  

Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।

सोही विषयमा एमालेले आपत्ति जनाएको हो । प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बैठक बस्दै छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्