site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नेपाली बजारमा आर्कषक फिचरका सिट्रोन ईभी, एक लाखमा प्रिबुकिङ गर्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिट्रोनले नेपाली बजारमा ईसीथ्री मोडल अन्तर्गतका आर्कषक फिचरका गाडी भित्र्याएको छ । 

इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्य रहेको ईसीथ्री मोडल नेपाली बजारमा गेम चेन्जर बन्ने कम्पनीको विश्वास छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२९.२ किलोवाट आवर्स ब्याट्री प्याक रहेको ईसीथ्रीमा ५७ हर्स्पावर पावर र १४३ एनएमको अधिकतम टर्क छ । अन्य विद्युतीय गाडीभन्दा फरक यसमा विद्युतीय पावरट्रेन रहेको र डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीको दाबी छ ।

नेपाली बजारमा ईसीथ्रीको लाइभ र फिल गरी दुईवटा भेरियन्ट उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार छ भने फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रहेको छ । 

Global Ime bank

यो भारतमा बनेका विद्युतीय गाडीमध्ये सबैभन्दा कम मूल्यको उच्चतम क्षमताको गाडी भएको कम्पनीको दाबी छ ।

अत्यधुनिक प्रविधि र कनेक्टिभिटी सुविधासहितको ईसीथ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ । जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव राम्रो बनाउने कम्पनीको विश्वास छ ।

कम्पनीले अहिलेसम्म १०० भन्दा बढीे सिट्रोन ईसीथ्री बुकिंग भइसकेको जनाएको छ । सिट्रोन ईसीथ्रीका दुवै भेरियन्ट एक लाख रुपैयाँमा नै प्रिबुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement