site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चीनले ल्यायो १० मिनेटमै कार चार्ज हुने ब्याट्री
Dabur Nepal
NIC Asia

बेइजिङ । चीनले १० मिनेटमा नै कार चार्ज गर्न सक्ने ब्याट्री विकास गरेको छ । यसरी चार्ज गरिएको कारलाई सयौं माइलको यात्रापछि मात्रै फेरि चार्ज गर्दा हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी(आईईए)ले  त्यसलाई रसायन विज्ञानको विकासमा उल्लेखनीय भनेर सह्राहना गर्दै त्यसले चीनलाई नयाँ ब्याट्री विकास गर्ने अनुमति मिलेको जनाएको छ । यस्तै, यो विद्यमान प्रविधिमा भन्दा बढी क्षमतायुक्त भएको आईईएले जनाएको छ ।

आईईएले सो ब्याट्रीबाट रिचार्ज बिना नै २५० माइल पार गर्न सकिने जनाएको छ । यद्यपि, आइइएको रिपोर्ट आइसकेपछि  अहिले चीनले ब्याट्रीको नयाँ भर्सन निकालिसकेको र त्यसको एकपटकको चार्जले ६०० माइलसम्म धान्न सक्ने जनाइएको छ । सीएटीएल कम्पनीले बनाएको सो ब्याट्रीमा लिथियम आइरन फोेस्फेट्(एलएफपी) प्रविधि प्रयोग गरिएको जनाइएको छ । न्युजवीक
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro