site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरो र बाढीले सडक भत्काउँदा २५ करोड क्षति
फाइल तस्बिर

काठमाडौं । बाढी र पहिरोका कारण यो वर्ष करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । वैशाख १ गतेदेखि हालसम्म बाढी तथा पहिरोका कारण सडकमा २४ करोड ९६ लाख रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको छ । 

कल्भर्ट, बेलिब्रिजलगायतमा क्षति पुगेको विभागको भनाइ छ । अहिले पनि बाढी र पहिरोका कारण तीनवटा सडक अवरुद्ध छन् । 

विभागका अनुसार एकतर्फी अवरुद्ध भएका सडकको संख्या १३ छ । अवरुद्ध भएर खुलेका सडकको संख्या ५४ रहेको सडक विभागले जनाएको छ । 

यो वर्ष हालसम्म ७२ वटा सडकखण्ड अवरुद्ध भइसकेका छन् । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro