site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा एक महिनाभित्र ब्युटीपार्लर बन्द गर्न तालिवानको आदेश

काठमाडौं । तालिवानले अफगानिस्तानमा महिलालाई ब्युटीपार्लरमा प्रतिबन्ध लगाएको छ ।

नैतिकता मन्त्रालयले सूचना जारी गर्दै देशमा महिला र केटीहरूको अधिकार र स्वतन्त्रताको पछिल्लो प्रतिबन्ध स्वरुप ब्युटीपार्लर एक महिनाभित्र बन्द गर्न आदेश दिएको हो ।

“महिलाका लागि ब्युटीपार्लर बन्द गर्न अन्तिम अवधि एक महिना छ,” मन्त्रालयको सूचना उदृत गर्दै प्रचारप्रसारसम्बन्धी मन्त्रालयका प्रवक्ता मोहम्मद सादिक अकिफले भनेका छन् ।

सन् २०२१ मा तालिवानले सत्ता कब्जा गरेपछि महिलाको स्वतन्त्रतामा लगातार कमी आएको छ ।

उनीहरूले किशोर किशोरी र महिलाहरूलाई कक्षा कोठा, जिम र पार्कहरूमा प्रतिबन्ध लगाएका छन् । हालसालै उनीहरूलाई संयुक्त राष्ट्रको लागि काम गर्न पनि प्रतिबन्ध लगाएका छन् ।

तालिवानले महिलाहरूले आफ्नो आँखा मात्र देखाउने तरिकामा लुगा लगाउनु पर्ने आदेश समेत दिएको छ । एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro