site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शीर्ष नेतालाई सभामुखको प्रश्न– संसदीय समितिको नेतृत्वबारे सहमति कि चुनाव ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे सहमतिमा नपुगे निर्वाचनको प्रक्रिया अघि बढाइने बताएका छन् । प्रमुख तीन दलका शीर्ष नेतालाई उनले यस्तो बताएका हुन् ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“चुनाव गर भन्नुहुन्छ कि सहमति गरौैँ भन्नुहुन्छ ? यो तुरुन्त गरौँ । तपाईंहरूले गर्नु भएन भने मैले स्टेप चाल्नुपर्ने हुन्छ भनेँ । मूलतः संसदीय गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो,” छलफलपछि सभामुख घिमिरेले भने ।

उनले सहमति नभए संसदीय समितिको नेतृत्व चयन गर्न तत्काल निर्वाचनको मिति तोकिने बताए । समितिको नेतृत्व चयनपछि विभिन्न विधेयकमाथि छलफल हुने उनले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC